ओली सरकारले जनतालाई सन्तुष्टि दिने गरी काम गर्न नसकेको नेपालको टिप्पणी [भिडियो]
कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युष्टि पार्टीलाई सिद्ध्याइदिएका छन्
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
641
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै नेपालले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताए । उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिने गरी काम गर्न नसकेको उल्लेख गरे । उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए ।
उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरे पनि राम्रो काम गर्न नसकेको आरोप लगाउनु भयो । उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताए । अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे । उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे । उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए । उनले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए ।
उनले भने,‘ नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरू पनि छन् । निमुखाको आवाज बोक्ने पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसङ्गतिहरू आएका छन् । मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युष्टि पार्टीलाई सिद्ध्याइदिएका छन् । कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन । कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ । एक पटक कीर्तिमान कायम गरेर हुँदैन । विगतमा खेलेका भूमिकाको प्रशंसा गर्नुपर्छ । जीवन जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउनुपर्छ भन्ने भावना सम्प्रेषण गरी युवाहरूलाई असल बाटोमा लैजान सक्यौँ भने मात्रै पिस्करका सहितहरुको सपना पूरा हुन्छ ।’