arrow

स्टिभ जब्सकी पत्नी प्रयागराज महाकुम्भमा, हिन्दू बन्दै ग्रहण गरिन् कमला नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
steve-jobs-wife-kamala.jpg

काठमाडौँ । भारतको प्रयागराज महाकुम्भमा एप्पलका सहसंस्थापक स्टिभ जब्सकी पत्नी लोरेन पावेल पनि आएकी छिन् । दिवंगत जब्सकी पत्नी पावेलले महाकुम्भमा पहिलो दिन नै सोमबार सहभागीता जनाउँदै अमृत स्नान गरेकी छिन् । 

उनी हिन्दू बनी हिन्दू नाम नै ग्रहण गरेकी छिन् । पहिलेदेखि नै हिन्दू र बौद्ध धर्मप्रति आकर्षित पावेलले सोमबारै हिन्दू नाम ग्रहण गरेकी हुन् । 

अब उनको नाम कमला भएको छ । निरन्जनी अखाडाका महामन्डलेश्वर समक्ष उनले नयाँ नाम ग्रहण गरेकी हुन् । 

उनको गोत्र अच्युत भएको छ । उनी आगामी जनवरी २९ सम्म प्रयागराजमा रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ