arrow

एनसेलको सधैँ अनमा अब फ्री अनलिमिटेड नाइट डेटा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
ncell-data-81-9-28.jpg

काठमाडौँ । एनसेलले आफ्ना सधैँ अन प्याकहरु लिने ग्राहकहरुलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । 

यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।

बिहीबार (पुस २५) बाट शुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट शुरु हुने बेस्ट र रु ७९९ बाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । 

यसको मतलब प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउने कम्पनीले बताएको छ । 

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागू गरेको हो । 

रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन् । 

यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ । 

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । 

त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना संचालनमा ल्याएको थियो । 

यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु भएको कम्पनीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ