arrow

जयशंकरले ट्रम्पको शपथमा भारतको प्रतिनिधित्व गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
sjayshankar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुन जाने भएका छन् । 

डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम रहेको छ । यस शपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। 

विज्ञप्तिमा भनिएको छ कि ट्रम्पको शपथग्रहण समितिको निमन्त्रणामा विदेश मन्त्री एस जयशंकर जाने तय भएको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

साथै अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले अमेरिकाको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन अमेरिका पुग्ने अन्य विशिष्ट व्यक्तिसँग पनि भेटघाट गर्नेछन् ।

शपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति ११ः४५ बजे) सुरु हुनेछ। 

यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।

नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजू राणा देउवाले ट्रम्पलाई दिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ