arrow

श्रीराम मन्दिरको वार्षिकोत्सवमा जनकपुरमा एक लाख २५ हजार दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
janakpurdham-81-9-27.jpg

महेन्द्रनगर (धनुषा) । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रङ्गोली प्रतियोगिता र दीप प्रज्जवल कार्यक्रम गरेको छ । 

श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर, जनकपुरधाममा एक लाख २५ हजार दीप प्रज्वलन गरिएको हो । मन्दिर निर्माणको इतिहास, यसको महत्व, आजको सन्दर्भमा यसको आवश्यकतालगायत विषयलाई आमनागरिक समक्ष ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ ।

उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको वृत्तचित्र आधुनिक प्रविधिमार्फत प्रदर्शन गरिएको थियो । जानकी मन्दिर परिसरमा प्रदर्शन गरिएको वृत्तचित्र अवलोकन गर्न स्थानीयका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थित थियो ।

श्रीराम मन्दिर निर्माणका क्रममा गरिएको सङ्घर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन परिषद्ले अनुरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ