arrow

माओवादीले जनहित विपरीत काम गरेको भन्दै २१ वर्षपछि कांग्रेसमा [फोटोफिचर]

माओवादी त्यागेर २५ जना कांग्रेसमा, जतिबेला देशमा संकट आइपर्छ त्यतिबेला देशलाई कांग्रेसको आवश्यकता पर्ने भनाइ

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ पुष २७ शनिबार
maobadi-to-congress-81-9-26.jpg

हुम्ला । हुम्लामा एकै गाउँका २५ जना नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा १४ घरधुरीका २५ जना नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

उनीहरुले नेकपा माओवादी केन्द्र परित्याग गरी हरिबहादुर शाहीको नेतृत्वमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार नेपाली कांग्रेस वडा कार्य समिति डाँडाफयाले आयोजना गरेको एक कार्यक्रममा पार्टी प्रवेश गरेको नेपाली कांग्रेस हुम्लाले जनाएको छ । 

कार्यक्रममा सिमकोट गाउँपालिका वडा न. ७ को डाँडागाउबाट नेकपा माओवादी केन्द्र पार्टी परित्याग विभिन्न तहका २५ जना भन्दा नेता कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको  नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले बताए । 

डाँडाफयाका अगुवा हरिबहादुर शाहीको नेतृत्वमा नरेन्द्रबहादुर शाही, ओब्जन शाही, खुमबहादुर शाही, रामराज शाही, प्रकाश शाही, शिबराज शाही, धनबहादुर शाही, धनकला सिंह, धुपी शाही, कलसरा शाही, धौली शाही, बासतोला शाही, सुस्मतिा शाही, भाग्यस्वरी शाही, कमला शाही, इन्द्रा शाही, बिन्दू शाही, भोटे शाही, किस्नबहादुर शाही, हाँसा शाही, वस्नि शाही, मैकला शाही, डवल सिंह र सर्जन सिंहसहित २५ जना कांग्रेस प्रवेश गरेको उपसभापति भण्डारीले बताए ।

नेपाली कांग्रेस सिमकोट गाउँपालिका ७ नम्बर वडा कार्यसमतिकिो आयोजनामा समिकोट—७ को डाँडागाउमा वडा सभापति बलवीर शाहीको सभापतित्व र नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य जयपति रोकायाको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा माओवादी छाडेर कांग्रेसमा आएका नवप्रवेशीहरुलाई कांग्रेस हुम्लाका पूर्व सभापतिसमेत रहेका नेता रोकायाले पार्टी सदस्य दिएर पार्टी प्रवेश गराएका हुन् । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी हरिबहादुर शाहीले जतिबेला देशमा संकट आइपर्छ त्यतिबेला देशलाई नेपाली कांग्रेसको आवश्यकता पर्छ भन्दै आफू २१ वर्षसम्म माओवादीमा रही काम गरेको भए पनि माओको सिद्दान्त विपरीत काम भएकोले आफू स्वतः स्फुर्तरुपमा नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । 

नेपाली कांग्रेसको नीति र कांग्रेसले नेतृत्व गरेपछि जनपक्षीय काम भएको र कम्युनिस्ट पार्टीको भन्दा कांग्रेस पार्टीको विचार र सिद्धान्त आफूहरुलाई मन परेको भन्दै आफूहरु कांग्रेसमा आएको उनले बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा, कार्यवाहक सभापति कैलाश भण्डारी, नेपाली कांग्रेस महासमिति सदस्य एवं सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया, कांग्रेस कोषाध्यक्ष बबिता शाही, सबिता बुढा, रामबहादुर भण्डारीलगायतका नेता तथा कार्यकर्ताको उपस्थति रहेको थियो ।
 

maobadi-to-congrss-humla-81-9-26 (1).jpg
maobadi-to-congrss-humla-81-9-26 (2).jpg
maobadi-to-congrss-humla-81-9-26 (3).jpg
maobadi-to-congrss-humla-81-9-26 (4).jpg
maobadi-to-congrss-humla-81-9-26 (5).jpg
maobadi-to-congrss-humla-81-9-26 (6).jpg
maobadi-to-congrss-humla-81-9-26 (7).jpg
maobadi-to-congrss-humla-81-9-26 (8).jpg
maobadi-to-congrss-humla-81-9-26 (9).jpg
maobadi-to-congrss-humla-81-9-26 (10).jpg
maobadi-to-congrss-humla-81-9-26 (11).jpg
maobadi-to-congrss-humla-81-9-26 (12).jpg
maobadi-to-congrss-humla-81-9-26 (13).jpg
maobadi-to-congrss-humla-81-9-26 (14).jpg
maobadi-to-congrss-humla-81-9-26 (15).jpg
maobadi-to-congrss-humla-81-9-26 (16).jpg
maobadi-to-congrss-humla-81-9-26 (17).jpg
maobadi-to-congrss-humla-81-9-26 (18).jpg
maobadi-to-congrss-humla-81-9-26 (19).jpg
maobadi-to-congrss-humla-81-9-26 (20).jpg
maobadi-to-congrss-humla-81-9-26 (21).jpg
maobadi-to-congrss-humla-81-9-26 (22).jpg
maobadi-to-congrss-humla-81-9-26 (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ