यू–१६ एन्फा लिगमा आर्मीको पोष्टमा थ्री स्टारले हान्यो १० गोल
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
429
Shares
काठमाडौँ । एन्फा यू–१६ युथ लिग फुटबलमा थ्री स्टार क्लबले शानदार जित हासिल गरेको छ । बुधबार भएको खेलमा थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १० गतेल गरेको हो ।
आफूले एक गोल पनि नभएको थ्रीस्टारलाई जिताउन सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे ।
यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे ।
यस शानदार जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ भने दुवै खेलमा पराजित आर्मी अंकविहीन छ ।
पहिलो खेलमा थ्री स्टार अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफसँग गोलरिहत बराबरीमा रोकिँदा आर्मीले नेपाल पुलिस क्लबसँग ७–० को हार स्वीकार्न बाध्य भएको थियो ।
यता बुधबारको खेलमा एपीएफ विजयी भएको छ । एपीएफले सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
एपीएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए ।
पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहीन छ ।