arrow

लिग कपको सेमिफाइनलमा न्यूकासलले आर्सनललाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
arsenal-newcastle-25.jpg

काठमाडौँ । इङ्गलिश लिग कप फुटबलको सेमिफाइनलमा आर्सनल पराजित भएको छ । सेमिफाइनलको पहिलो लेगको खेलमा आर्सनल न्यूकासल युनाइटेडसँग २–० ले पराजित गरेको हो । 

एमिरेट्स स्टेडियममा भएका खेलमा न्यूकासलका अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा सेन्ट जेम्स पार्कमा हुनेछ।

योसँगै न्यूकासल सन् १९५५ पछि पहिलो ठूलो घरेलु उपाधि जित्ने लक्ष्यमा बलियो देखिएको छ । ‘यो शानदार नतिजा हो । तर यदि हामी फाइनलमा पुग्न सकेनौँ भने यसले कुनै अर्थ राख्दैन’, इसाकले भने । 

इमिरेट्समा सन् २०१० पछि पहिलो जित हासिल गरेको हो । आर्सनलको अप्रिलपछि घरेलु मैदानमा पहिलो पराजय हो ।

सन् २०२१ मा साउदी अरेबियाको सम्पत्ति कोषद्वारा खरिद गरिए पनि न्यूकासलले लगभग ७० वर्षयता कुनै ठूला घरेलु उपाधि जित्न सकेको छैन ।

तर यो जितपछि क्लब २०२३ मा म्यानचेस्टर युनाइटेडसँग फाइनलमा पराजित भएपछि दोस्रो पटक लिग कपको उपाधिनजिक पुग्ने सम्भावना बलियो बनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ