लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
680
Shares
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो । अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
अनिललाई पक्राउ गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।
केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पक्राउ पर्ने पक्का भएपछिबर्खास्त गरेका थिए ।