arrow

चौतीस इजरायली बन्दी रिहा गर्न हमास तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
israel-hamas-meeting.jpg

गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो ।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाएपछि मध्यपूर्वमा शान्ति छाउन सक्ने अनुमान शुरू भएको छ ।

‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ अज्ञात हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेकामध्ये ३४ जना  महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ । 

अब युद्धविराम सम्झौता इजरायलको तर्फवाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान सोही ब्यावहारमा  निर्भर गर्ने जनाइएको छ ।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतबार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ। 

कतारमा युद्धविराम सम्झौताका लागि वार्ता भइरहेका बेला हमास र इजरायल दुवैतर्फवाट सो धारणा आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ