arrow

पूर्णबहादुरको सारंगी ‘फेम्ड’ विजय बरालको ‘हरि हजुरबा’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
hari-hajurba-drama-vijay-ba.jpg

काठमाडौँ । नयाँ बानेश्वरको थापागाउँस्थित मण्डल थिएटरमा यतिबेला ‘हरि हजुरबा’ नाटक मञ्चन भइरहेको छ । पुस ४ गतेबाट मञ्चन गरिएको सो नाटक पुस २८ गतेसम्म मञ्चन गरिने छ । 

 माओवादी सशस्त्र द्वन्द्व त्यसको प्रभाव, आफ्नो मान्छे गुमाउनुको पीडालाई सो नाटकले  सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

भुलिएको समयका चिठीहरू बाँड्‌दै एक हुलाकीले यात्रामा एउटा एक्लो, रित्तिएको मन भएको बूढा व्यक्तिसँग भेट्छ जो आफ्नो नातिनीको खोजीमा रेडियो सुन्दै दिन कटाउने गर्छ । 

युद्धको समयमा हराएको नातिनीको खबर सुन्न आतुर बूढोको कठोरता हुलाकीका कुराहरूले विस्तारै पगाल्न थाल्छ । तर ती सानातिना चेष्टाहरूले युद्धकालका भयानक कथाहरू सतहमा ल्याउँछन् र उनीहरूको जीवन एक अनौठो तरिकाले आपसमा जोडिन थाल्छ ।

तर जब विगत जीवित हुन थाल्छ, त्यसका छायाँहरू पनि साथमा आउँछन् । सम्बन्ध र सम्झनाको यो यात्रा अप्रत्याशित रूपमा भयावह मोडतर्फ अघि बढ्छ ।

अव्यक्त र अनुत्तरित चिठीहरूको फुसफुसाहटबीच नाटकले गुमेको सम्झना र नसुल्झिएको बोझको कथालाई उजागर गर्छ ।

नाटकमा, अनुहार ढाकेको मुखौटाको उपस्थितिले युद्धमा हराएकाहरूका आवाजहरू बोक्छ । ती आवाजहरूले, सत्य र भ्रमबीचको रेखालाई धुमिल पार्दै, मानिसहरूको मनमा गुमेका व्यक्तिहरूप्रति रहेको स्थान र निको हुन नसकेको घाउको मर्मस्पर्शी चित्रण गर्छ ।

कलाकार नाजिर हुसेनद्वारा लेखन, परिकल्पना र निर्देशन गरिएको सो नाटकमा हजुर बाको भूमिका पूर्णबहादुरको सारंगी ‘फेम्ड’ कलाकार विजय बरालले निर्वाह गरेका छन् ।

रि ह्युल साङ्, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राज पाण्डे र रिसु राउत सहयोगी भूमिकामा रहेका छन् । 
 

hari-hajurba-drama (1).jpg
hari-hajurba-drama (2).jpg
hari-hajurba-drama (3).jpg
hari-hajurba-drama (4).jpg
hari-hajurba-drama (5).jpg
hari-hajurba-drama (6).jpg
hari-hajurba-drama (7).jpg
hari-hajurba-drama (8).jpg
hari-hajurba-drama (9).jpg
hari-hajurba-drama (10).jpg
hari-hajurba-drama (11).jpg
hari-hajurba-drama (12).jpg
hari-hajurba-drama (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ