arrow

गार्डियनको आईपीओ खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
nepal-stock-exchange-nepse_1617884544.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइतबार सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । 

सर्वसाधारणले यसमा कार्यालय समयमा आईपीओ भर्न सक्छ । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

यसैगरी यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । 

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 

यो आईपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । 

केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बहाल रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ