arrow

राजमौली र महेश बाबुले पारिश्रमिक नलिइकनै थाले नयाँ चलचित्रको काम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
rajamauli-maheshbabu.jpg

हैदराबाद । अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ । सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी समाप्त भएको छ ।

हालै भएको खुलासा अनुसार भारतकी ग्लोबल आइकन प्रियंका चोपडाले महेश बाबुको विपरीत महिला मुख्य भूमिका निभाएकी छिन् भने मलालयम स्टार पृथ्वीराज सुकुमारन मुख्य खलनायकको रूपमा रहने छन् । 

अब पिंकभिल्लाको को पछिल्लो रिपोर्ट अनुसार अझैसम्म नाम नजुरेको सो फिल्म जंगलको साहसिक यात्राको रूपमा देखाइने छ, जुन दुई भागमा बनाइने भएको छ ।

समाचारमा भनिएको छ कि एसएसएमबी २९ को लागत १ हजार करोडको हुनेछ। सँगै यो सबैभन्दा महँगो भारतीय फिल्मको रूपमा दर्ज हुनेछ । दुबै एसएस राजामौली र महेश बाबुले शुल्क लिने छैनन् बरु यी जोडीले ब्याक एन्ड सम्झौतामा प्रवेश गरेका छन् र उत्पादकहरूसँग ४० प्रतिशत नाफा साझेदारी सम्झौता गरिसकेका छन् ।

फिल्मको छायांकन यसै वर्षको अप्रिलमा सुरु हुने अपेक्षा गरिएको छ र निर्माताहरूले पहिलो भाग २०२७ मा र दोस्रो भाग २०२९ मा रिलिज गर्ने योजना बनाएका छन्। निर्माताहरूले ग्लोबल स्टुडियोसँग साझेदारी गर्ने बताइएको छ। सोनी वा डिज्नीले सो फिल्मको वितरण गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ