arrow

सजाय छुट हुने विश्वासमा दुई वर्षदेखि फरार हत्या आरोपी प्रहरी कार्यालयमा हाजिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
ramnaresh-yadav-killer.jpg

रौतहट । अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई सजायमा छुट हुने कानूनी सल्लाह अनुसार हत्या मुद्धाका फरार एक जना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका छन्।

प्रहरीको अनुसन्धानमा सहयोग गर्ने अभियुक्तलाई सजायँमा छुट हुने कानूनी ब्यवस्था रहेको प्रहरीले परिवारलाई सल्लाह दिएपछि आरोपी राजदेवी नगरपालिका १ का २० वर्षीय रामनरेश यादव जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका हुन् । 

आरोपी यादवमाथि दायर मुद्दाको आधारमा जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन् । 

२०७९ चैत २४ गते आरोपी यादव र राजदेवी १ का २५ वर्षीय गजेन्द्र दाशबीच भएको कुटपिटमा दाशको मृत्यु भएको थियो। 

 घटना लगतै आरोपी यादव फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त घटनाको अनुसन्धान गरी रामनरेश यादवमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । 

झण्डै दुई वर्षदेखि फरार रहेका यादवको परिवारलाई भेटेर जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सम्झाई बुझाई गर्दा उनी हाजिर भएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको रूपमा एसपी दिलीप घिमिरेले कमाण्ड सम्हालेदेखिनै प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ