arrow

अदालतले परमादेश दिएको पाँच महिनापछि बल्ल बर्खास्त भए सभापति पोखरेलका स्वकीय सचिव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आर्थिक अनियमिततामा मुछिएका स्वकीय सचिवलाई लेखा समितिका सभापतिले निष्काशन गरेका छन् । मेडिकल अध्ययन मामिलामा रकम लिएको खुलेपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काशन गरेको हुन् ।

एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकीय सचिव अनिलले रकम लिएको सार्वजनिक भएर अदालतमासमेत मुद्दा परेपछि मात्र उनलाई निष्काशन गरिएको हो ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा  परमादेश दिएको थियो । 

उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ