-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ ।
उनलाई पक्राउ गर्न दुई हजार भन्दा बढी प्रहरीले उनको निवासमा तैनाथ गरिएको छ ।
सोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक योललाई शुक्रबार पक्राउ गर्न प्रयास गरेको हो ।
यून विरुद्धको महाभियोग प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो ।
यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्बित छ ।