ट्रम्पका कट्टर आलोचकलाई नागरिक सेवा पदक दिँदै बाइडेन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
1.9k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गरेका छन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’वायोमिङका पूर्व प्रतिनिधिसहित अन्य १९ जना प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो देश वा आफ्ना नागरिकका लागि अनुकरणीय सेवाका लागि राष्ट्रपति नागरिक पदकप्रदान गरिनेछ ।”
सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दङ्गामा ट्रम्पको भूमिकाको छानबिन गर्ने हाउस कमिटीको अध्यक्षता गरेका पूर्व अमेरिकी सिनेटर क्रिस डोड, पूर्व अमेरिकी प्रतिनिधि क्यारोलिन म्याकार्थी र वर्तमान सांसद बेन्नी थम्पसनलाई पनि अमेरिकी सरकारले प्रदान गरेको दोस्रो सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेभएको छ ।
पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी चेनीले समितिको उपाध्यक्षको रूपमा काम गरेकी थिइन् ।
ह्वाइट हाउसले लिज चेनीको वर्णन गर्दै बिहीबार भनेको छ, “उहाँले हाम्रो राष्ट्र र हामीले खडा गरेका आदर्शहरू रक्षाका लागि आवाज उठाउनुभएको र यसको कार्यान्वयनका लाथि देश दौडाहमा सहभागी हुनुभएको थियो ।”
“उहाँको निष्ठा र निडरताले हामी सबैलाई मिलेर काम गर्यौं भने के असम्भव छ भन्ने सिकाउँछ,” विज्ञप्तिमा भनिएको छ ।
हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनाएका ५८ वर्षीया चेनी हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनेका छन् तर सन् २०२२ मा ट्रम्प समर्थक उम्मेदवारसँग उनले संसद्का लागि आफ्नो सिट गुमाएका थिए ।
उनले गत नोभेम्बरमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग चुनावी अभियानमा सहभागी भएका थिए ।
जनवरी २० मा ह्वाइट हाउसमा राष्ट्रपतिको दोस्रो कार्यकालको शपथ लिने तयारीमा रहेका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी चेनीसँग बदला लिने बताएका छन् ।
रिपब्लिकनले गत महिना एक सामाजिक सञ्जाल पोस्टमा भनिएको थियो, “उपसमितिले प्राप्त गरेको प्रमाणको आधारमा चेनी धेरै समस्यामा पर्न सक्नुहुन्छ । उहाँले धेरै संघीय कानूनहरू तोड्नुभएको छ र यी उल्लङ्घनहरूको एफबीआईले अनुसन्धान गर्नुपर्छ।”
गत डिसेम्बरमा रिपब्लिकन नेतृत्वको संसखीय समितिले चेनीमाथि ट्रम्प समर्थकले क्यापिटोलमा गरेको आक्रमणको अनुसन्धानको नेतृत्व गर्न सहयोग गर्दा साक्षीसँग छेडछाड गरेको आरोप लगाएको थियो ।