arrow

मनोज ज्ञवालीको नबिल बैंकको सिनियर डीसीओमा बढुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
manoj-gyawali-dceo-nabil-bank.jpg

काठमाडौँ । मनोज ज्ञवाली नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा बढुवा भएका छन् । ज्ञवालीलाई बैंक सञ्चालक समितिले गत बिहीबार बढुवाको निर्णय गरी आइतबार पत्र दिएको हो । 

२०७७ जेठमा ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । 

त्यसपछि उनी डीसीओ (डिपुटी सीईओ) बनेका थिए । आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन् । ज्ञवालीको बढुवा भएसँगै बैंकमा दुई जना सिनियर डीसीओ भएका छन् । यसअघि सुजितकुमार शाक्य पनि सिनियर डीसीओ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ