arrow

अजरबैजान विमान दुर्घटना

विमान दुर्घटनामा २९ जनाको जीवितै उद्दार, ३८ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
ajarbaijan-plane.jpg

काठमाडौँ । अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३८ जनाको मृत्यु भएको कजाक अधिकारीहरूले बताएका छन्।

६७ यात्रु बोकेको अजरबैजानी विमान हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको थियो ।

लामो समयको उद्धारपछि दुई बालबालिका सहित २९ जनालाई भग्नावशेषबाट निकालिएको कजाकस्तानका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले बताए । उनले ११ जनाको अवस्था गम्भीर रहेको बताए। 

उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो ।

विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोटाएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।

विमान अक्ताउबाट करिब तीन किलोमिटर टाढा ‘आपत्कालीन अवतरण’ गरिएको बताइएको छ ।

विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना र रूसका १६ जना रहेको काजकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।

दुर्घटनास्थलको भिडियोमा जलेको विमानबाट बाँचेकाहरू व्यक्तिहरू निस्केको देखिएको छ । बाँचेका सबैलाई अस्पतालमा लगिएको छ । 

 उपप्रधानमन्त्री बोजुम्बेभले भने, "शवहरू खराब अवस्थामा छन्, धेरै जसो जलेका छन्, सबै जम्मा गरिएका छन्।" "अब तिनीहरू शव गृहमा हुनेछन्, र पहिचान हुनेछ।"

बोजुम्बेभका अनुसार त्यहाँ एक जना मात्र जीवित छन् जसको पहिचान अज्ञात छ। "उनी बेहोस छिन्, कुनै कागजात छैन, र अस्पतालमा छिन्," उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ