arrow

सठसठ्ठी जना बोकेको विमान दुर्घटनाग्रस्त, २५ को जीवितै उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
airlines-crash-81-9-10.jpg

काठमाडौँ । कजाखस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी थुप्रै व्यक्तिको मृत्यु भएको छ । कम्तीमा २५ जनालाई जीवितै उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । 

अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमानले अक्ताउ सहर नजिकै आपतकालीन अवतरण गर्ने प्रयास गर्दा आगलागी भएको थियो।

अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। 

कुहिरोका कारण बाटो मोडिनु परेपछि आकस्मिक अवतरण गराउने क्रममा सो जहाज दुर्घटना भएको त्यहाँको आपतकालिन मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ