पुष्पा फेम अल्लु अर्जुनले फिल्मकै लम्बाई बराबर समय दिए बयान
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
575
Shares
तस्बिर – फाइल ।
हैदाराबाद । एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्पा २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको विषयलाई लिएर अल्लु अर्जुनको हैरानी बढिरहेको छ ।
गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा चलचित्र हेर्दा भागदौड भएको थियो । यस भागदौडमा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा पनि अस्पतालमा भर्ना छन् ।
भागदौडको सङ्केत पाएपछि अल्लु त्यहाँबाट निस्केका थिए । तर भोलिपल्टै उनले सो घटनाको गम्भीरता बारेमा थाहा पाएका थिए । उनले सोमबार पुलिसबाट सूचना पाएसँगै मंगलबार बयानका लागि चिक्कडपल्ली पुलिस स्टेशनमा हाजिर भएका थिए ।
प्रहरीले यस प्रकरणमा अभिनेतासँग सोधपुछ गरेको छ । प्रहरीले अल्लु अर्जुनलाई करिब साढे ३ घण्टा सोधपुछ गरेको थियो । फिल्मकै लम्बाई बराबर उनीसँग सोधपुछ भएको हो ।
पुष्पा २ स्क्रिनमा ३ घण्टा १६ मिनेट लामो छ । अल्लु अर्जुनले सोधेका सबै प्रश्नको जवाफ दिए । सोधपुछ सकिएपछि अल्लुलाई फेरि बोलाउन सकिने प्रहरीको विश्वास छ ।
आवश्यक परे फेरि सोधपुछका लागि आउन सक्ने प्रहरीले जनाएको छ । अल्लु अर्जुनले पनि प्रहरीसँग सहमति जनाउँदै फेरी बोलाएमा पूर्ण सहयोग गर्ने बताए ।
अल्लु अर्जुनको ‘पुष्पा २’ रिलिज हुनुभन्दा एक दिनअघि सन्ध्या थिएटरमा प्रिमियर भएको थियो । यसै क्रममा अल्लु अर्जुन पनि आफ्नो परिवारसँग फिल्म हेर्न त्यहाँ पुगेका थिए । अभिनेता १०–१५ पटक यस थिएटरमा आइसकेकाले पुष्पाः २ फिल्म बनाउन ३ वर्ष लागेको अल्लुको विश्वास थियो ।
उनले यो फिल्म हेरेका थिएनन् र आफ्नो परिवारसँग हेर्न चाहन्थे र त्यसैले उनले सन्ध्या थिएटर रोजेका थिए। तर त्यहाँ यस्तो भागदौड मच्चिन्छ र यो दुर्भाग्यपूर्ण घटना घट्छ भन्ने उनीहरूलाई कल्पना थिएन।
अब यस विषयमा अभिनेताले हालै पत्रकार सम्मेलन गरेर सबैसँग माफी मागेका छन् । अहिले उनीमाथि सोधपुछ गरिएको छ । उनीहरुले पनि पूर्ण सहयोग गर्दै अस्पतालमा भर्ना श्रीतेजको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
यसका साथ हालै पुष्पा २ टोलीले पनि पीडित बालकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
मृतकका पतिले भने अल्लु अर्जुनको यसमा कुनै दोष नभएको भन्दै उनलाई छाडिदिन आग्रह गरेका छन् । आफूहरुको त्यो दिननै खराब रहेको भन्दै उनले अल्लुलाई यो घटनामा घचेट्नु राम्रो नभएको उनले बताएका छन् ।