arrow

नेपालमा एमपक्सः रोग, लक्षण र बच्ने उपाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
mpox-india.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरेबियाबाट बिहीबार नेपाल फर्केका एक पुरुषमा एमपक्स पुष्टि भएको हो ।

बिरामी तनहुँका ३६ वर्षीय पुरुष हुन् । हालै उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा 'आइसोलेशन'मा राखी उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । बिरामी साउदीमै लक्षणहरू देखिएपछि नेपाल फर्केका थिए ।

उनमा एमपक्स देखिएपछि अन्य विदेशबाट आएका नेपाली वा विदेशीमा पनि यो संक्रमण भएको हुन सक्ने भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको छ । 

यसअघि सन् २०२३ को जुनमा नेपालमा पहिलो पटक एक विदेशी महिलामा एमपक्स पुष्टि भएको थियो।

एमपक्स रोकथाम र नियन्त्रणका उपायहरुः 

एमपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो ।

१. एमपक्स रोग कैसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ :
१) घाउ खटिरा-बिमिराको सम्पर्कबाट
२) शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, यालको सम्पर्कबाट
३) भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट
४) सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्‌यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
• काटिएको, बिमिरा वा फुटेको छाला
• आँखा, नाक वा मुख
• श्वासनली

२.    एमपक्स रोगका लक्षणहरु के के हुन् ?

• ज्वरो आउनु
• सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
• डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
• टाउको, ढाड र मांसपेशी दुख्नु
• शरीरका ग्रन्थिहरु बढ्नु
यस्ता लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

३    एमपक्स रोगका सम्भावित जटिलता

•    आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
•    अन्य जीवाणुको सङ्क्रमण
•    निमोनिया 
•    मस्तिष्क ज्वर
•    गर्भ खेर जानु
•    मृत्यु

४    एमपक्स रोगका राकयामका उपायहरु
•    एमपक्सको शङ्‌का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
•    सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने 
•    सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पुर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने 
•    घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने 
•    नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने 
•    सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुने 
•    एमपक्सको संक्रमण पुष्टी भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने

५    एमपक्स रोगका रोकथामका उपायहरु
•    सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने
•    स‌ङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने 
•    मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने 
•    फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्ने 
•    यस सम्बन्धी विस्तृत जानकारी निःशुल्क कल सेन्टर १११५ मा फोन गरेर लिन ुकसन मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ