arrow

एनपीएलको फाइनलमा सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
npl-audience-final.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका ३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् । 

उनीहरूले काठमाडौँ टोखा नगरपालिका ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ