काठमाडौँ । यू–१९ मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानबीच १–१ को बराबरी भएको हो ।
पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफ शुरु भएको दुई मिनेट भित्रै सुशिला केसीले नेपाललाई अग्रता दिलाएकी थिइन् ।
तर फुन्ट्शो छोडेनले ८०औं मिनेटमा भुटानका लागि बराबरी गोल फर्काइन् ।
गत शुक्रबार मात्रै दशरथ रंगशालामै भुटानको यू–१६ टिमले नेपालको यू–१६ टिमलाई ५–१ ले हराएको थियो । नेपाल भुटानसँग उमेर समूहमा हारेको त्यो नै पहिलो खेल थियो ।