arrow

पोखरा विश्वविद्यालयको उपकुलपतिमा एमालेको प्राध्यापक संगठनका अध्यक्ष केसी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
bedraj-kc-pokhara-universit.jpg

पोखरा । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिका लागि १५ जनाले आवेदन दिएकामा आवेदन स्वीकृत हुँदा उनी पहिलो नम्बरमा सिफारिस भएका थिए । केसी पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र अल्पाइन म्यानेजमेन्ट कलेजका सञ्चालक र पोखरा विश्वविद्यालयबाटै सम्बन्धनप्राप्त कलेज अल्पाइन म्यानेजमेन्ट कलेजका एकेडेमिक एडभाइजर हुन् ।

साथै उनी नेकपा एमाले निकटको प्राध्यापक संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्षसमेत हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ कात्तिक २४ गते पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ जारी गरेको थियो । उक्त कार्यविधि अनुसार नै समितिले आवेदन आह्वान गरेको थियो । 

यता नेपाल संस्कृत विश्वविद्यालयको उपकुललपतिमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । यस विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ