arrow

पुष्पा फेम अल्लु अर्जुन भन्छन् – मेरो चरित्र हत्या गर्न खोजियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
pushpa-3.jpg
तस्बिर – फाइल ।

हैदराबाद । पुष्पाः २ का अभिनेता अल्लु अर्जुनले हैदराबादमा भएको भागदौडको घटनालाई लिएर प्रतिक्रिया दिँदै यसलाई अपमानजनक भनेका छन् ।

उनले सो घटनाका बारेमा पहिलो पटक मुख खोल्दै यस विषयमा धेरै गलत जानकारी फैलाइँदै आएको बताएका छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै अल्लु अर्जुनले यस विषयमा धेरै किसिमका गलत सूचना फैलाइएको बताएका हुन् । ‘म कुनै व्यक्ति, विभाग वा राजनीतिक नेतालाई दोष दिन चाहन्न, तर यो अपमानजनक छ र चरित्र हत्या जस्तो देखिन्छ।’  उनले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।

सुपरस्टारको यो टिप्पणी मुख्यमन्त्री रेवन्त रेड्डीको बयानपछि आएको हो, जसमा उनले अल्लु अर्जुनले डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा पुलिसको अनुमति बिना आफ्नो फिल्म पुष्पा २ को प्रिमियरमा भाग लिएको आरोप लगाएका थिए।

घटनाबारे स्पष्टीकरण दिँदै कलाकारले सबै हल्ला र आरोप निराधार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताए ।

गत डिसेम्बर ४ मा अल्लु अर्जुनको प्रिमियर शोका क्रममा सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने मृतक महिलाको छोरा गम्भीर घाइते भएका थिए । 

प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ (दण्डनीय हत्या), ११८ (१) स्वैच्छिक चोट पुर्याउने र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरेपछि उनी पक्राउ परेका थिए ।

पक्राउ परेर एकदिन हिरासतमा बसे पनि तेलङगना उच्च अदालतको आदेश पछि उनी ५० हजार रुपैयाँ धरौटीमा चार हप्ताका लागि रिहा भएका थिए । यसैबीच मुख्यमन्त्रीले बोलेपछि अल्लु अर्जुनले पहिलो पटक मिडियाका सामु मुख खोलेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ