झापा । झापाको गौरादहमा सम्पन्न प्रथम लोकतान्त्रिक कप २०८१ को उपाधि दमकले जितेको छ । लोकतान्त्रिक कप फुटबलको फाइनलमा आयोजक गौरादहलाई १-० ले पराजित गर्दै दमकले उपाधि जितेको हो ।
कमल गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको दमकले फाइनल खेलको उपाधिको दाबेदार गौरादहसँग उत्कृष्ट प्रदर्शन गरेता पनि पहिलो हाफमा गोल गर्ने अवसरबाट चुकेको थियो ।
दमकका खेलाडीले गरेको प्रहारलाई गौरादहका गोल रक्षकको उत्कृष्ट बचाउका कारण खेल गोलरहित बराबरिमा टुंगिएको थियो ।
दोस्रो हाफमा दमकका खेलाडीले पाएको कर्नर किकलाई गोलमा परिणत गर्दा दमक विजयी भयो ।
दमकले १ लाख ११ हजार १ सय १ हात पार्न सफल भयो । खेलको उपविजेता बनेको गौरादहले ५५ हजार ५ सय ५५ रुपैयाँ पायो ।