arrow

एनपीएलको उपाधि छिनोफानो

  एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

जनकपुरलाई बदला लिने अर्को मौका, लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग भएको थियो पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
npl-final1.jpg

काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आज भिडन्त हुँदैछ । 

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै आज दिउँसो सुदूरपश्चिमसँग उपाधि भिडन्त गर्न लागेको हो । 

यो संस्करणमा जनकपुर सुदूरपश्चिमसँग तेस्रो पटक भिड्न लागेको हो । यसअघिका दुवै भिडन्तमा जनकपुर पराजित भएको थियो । 

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो । 

तेस्रो प्रयासमा जनकपुरले बदला लेला त ? भन्ने प्रश्न अहम् छ । अर्कातिर लिग चरण र पहिलो क्वालिफायरमा जित हासिल गरेको सुदूरपश्चिम त्यही लयमा अगाडि जान नसके के होला ? 

जेहोस् फाइनल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ जित्नेछ । फाइनलमा पराजित हुने टिमले ५१ लाख रुपैयाँ पाउने छ । 

तेस्रो भएको कर्णाली याक्सले २५ लाख पाउने छ भने चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ