arrow

१५ औँ महाधिवेशनको तयारी

देउवाको प्रदेशमा कोइरालाको भव्य स्वागत

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०८१ पुष ५ शुक्रबार
shekhar-koirala-sudur-15kg-.jpg

धनगढी । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
 
नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित भव्य स्वागत गरिएको थियो । 

कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारासमेत लगाएका थिए । 

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दावाद  सुदूरपश्चिमले के भन्छ , १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । साथै स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । 

स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । 

एक स्थानीय कार्यकर्ताले बताए अनुसार यसपटक देउवा आउँदा भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको छ । 

पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्तामा निकै खुशी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ