arrow

एलपीजी ग्याँस ट्यांकरलाई ट्रकले ठक्कर दिँदा विष्फोट, आठको मृत्यु, ३७ गम्भीर, ४० गाडी जले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
jaipur-fire-24-12-20.jpg

जयपुर । भारतको जयपुरमा एलपीजी ग्याँसले भरिएको ट्यांकर विष्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । 

एलपीजीको ट्यांकरलाई एक ट्रकले ठक्कर दिँदा भएको विष्फोटमा जलेर कम्तीमा आठ जनाको ज्यान गएको छ भने ४० गाडी जलेका छन् । 

तत्कालै जलेर पाँचको मृत्यु हुँदा अन्य तीनको उपचारका क्रममा मृत्यु भएको हो । 

३७ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये आधा भन्दा बढीको शरीर ५० प्रतिशत भन्दा बढी जलेको छ । 

उक्त भयंकर घटनामा परेकाहरुको मृत्यु हुनेको संख्या बढ्न सक्नेसमेत बताइएको छ । 

घाइतेहरुको जयपुरको सवाई मान सिंह अस्पतालमा भइरहेको छ । 

घटनास्थलमा दुई सय मिटर लामो आगोको गोला बनेको प्रत्यक्षदर्शीले बताएका छन् । 

आगोको तातोका कारण थुप्रै मोटरसाइकल चालकको हेल्मेट पग्लिएर अनुहारमै टाँसिएकोसमेत भारतीय सञ्चारमाध्यमले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ