arrow

चार वटा संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज  चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ