arrow

परराष्ट्र मन्त्री राणाले शुक्रबार नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
arzu-rana-81-9-3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले शुक्रबार नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएकी छिन् । 

युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट आज बिहान नयाँदिल्ली आएकी उनी केही दिन भारतमै रहने छिन् । 

उनले नयाँदिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने छिन् । त्यसैगरी भारतीय विदेश मन्त्री डा एस जयशंकरसँग पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन उनले जयशंकरसँग कुराकानी गर्ने बुझिएको छ । 

राणा आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ