परराष्ट्र मन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो मिलाउने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
558
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा भारतको नयाँदिल्ली आइपुगेकी छिन् । उयनी जर्मनी हुँदै आज बिहान भारतको राजधानी नयाँदिल्ली आइपुगेकी हुन् ।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए।
केही दिन भारतमा रहने राणाले समकक्षी डा एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ ।
दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । उनले सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका बारेमा पनि छलफल गर्नेछिन् ।
प्रधानमन्त्री ओली चीन गइसकेका छन् भने भारत अझै गएका छैनन् । नेपालमा प्रधानमन्त्री परिवर्तन हुनासाथ पहिले भारत जाने चलन भए पनि असार अन्तिममा प्रधानमन्त्री भएका ओली अमेरिका र चीन गए पनि भारत गएका छैनन् ।