arrow

नवनियुक्त राजदूतहरूसँग आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
ambassadors-chamber-81-9-3.jpg

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव दिएको छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरूलाई  नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कूटनीति महत्वपुर्ण भएको चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । 

उनले भने, ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ, । नेपालले भर्खरै अन्तराष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्रि रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माइनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ,।’

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरू समक्ष अध्यक्ष अग्रवालले आग्रह गरे । 

नेपालमा लगानीको प्रतिफल सुनिश्चितता गर्नका लागि सम्वन्धित निकायमा नेपाल चेम्बर अफ कमर्सले सधै पहल गरिरहेको अध्यक्ष अग्रवालले बताए । 

नेपाल झल्काउने व्यापार प्रदर्शनी गर्न एवं लगानी योग्य क्षेत्रहरूको पहिचान गर्नु पर्ने अध्यक्ष अग्रवालको भनाइ छ । 

सम्बन्धित देशसँग बी टु बी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि दुई पक्षीय सम्झौताका लागि पहल गर्नसमेत अध्यक्ष अग्रवालले आग्रह गरे । 

नेपालको जलविद्युत, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उनको जोड छ ।

राजदूतहरूलाई स्वागत गर्ने क्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए , 

नेपालको आईटी र जलविद्युत क्षेत्रमा लगानीका लागि अन्तराष्ट्रिय मञ्चहरूमा प्रर्वद्धन गर्नुपर्नेमा मल्लले जोड दिए । 

कार्यक्रममा विभिन्न देशका राजदूतहरूले आफूले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 

आर्थिक कूटनीति आफूहरूको प्राथमिकतामा रहेको राजदूतहरूले सामूहिक प्रतिवद्धता जनाएका छन् । 

चेम्बर भवनमा आयोजित कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिल मान श्रेष्ठ, यस्तै पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पुर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालको उपस्थिति  रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ