arrow

निकिताको गुनासो, ‘श्रीमान् हिरासतमा रहेको बेला ममाथि मिडिया ट्रायल भयो’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
ravi-nikita-2081-dashian.jpg
तस्बिर – रवि लामिछाने र निकिता पौडेल, रविको एक्सबाट ।

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी छिन् ।

पति लामिछानेमाथि प्रहरी अनुसन्धान सकिएर अदालतमा लगिरहेको बेला उनले आफ्नो परिवारमाथि मिडिया ट्रायल भएको बताएकी हुन् । 
 
उनीहरूको खातामा कम्तीमा २१ करोड रूपैयाँ कारोबार भएको सार्वजनिक भएपछि पत्नी पौडेलले मिडिया ट्रायल भएको भन्दै आरोप अस्वीकार गरेकी छिन् । 

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘आज बिहानै बुबाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देउ न।’ 

 उनले बुबालाई जवाफ दिएको कुरा पनि उल्लेख गरेकी छिन्, ‘मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु।’ 

उनका अनुसार सो सन्दर्भ ‘बुबा छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।’ 

उनी अगाडि लेख्छिन्, ‘कनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोबारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझाइसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ ।’

उनी अझ अगाडि भन्छिन्, ‘खाता मेरो हो। यति उति पैसा छ भनेर आआफैँ अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थेँ नि, श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।’

उनको चुनौती छ, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ