काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले अर्को हार व्यहोरेको छ । आइतबार राति म्यानचेस्टर डर्बी खेलमा सिटीले आफ्नै मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–१ को हार व्यहोरेको हो ।
१–० ले पछि परेको स्थितिमा युनाइटेडले खेलको अन्तिममा रोमाञ्चक जित निकाल्यो । युनाइटेडले रोमाञ्चक जित निकाल्ने क्रममा खेलको ८८ औँ मिनेटमा ब्रुनो फर्नान्डेज र ९० औँ मिनेटमा अमद डिआलोले गोल गरे ।
सिटीका जोस्को डिभारडिओलले खेलको ३६ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यही अग्रतामा सिटी युनाइटेडसँग खेलको अन्तिममा सम्हालिन सकेन ।
८८ औँ मिनेटमा फर्नान्डेटले पेनाल्टीमा गोल गरेका थिए भने डिआलोले लाउतारे मार्टिनेजको असिस्टमा गोल गरेका थिए ।
जारी प्रिमियर लिगमा यी दुवै टिमले खराब प्रदर्शनको कीर्तिमान नै बनाएका छन् । युनाइटेडले १६ खेल खेल्दा ६ वटा मात्रै जितेको छ। युनाइटेड २२ अंक बटुल्दै लिगको १३औं स्थानमा छ ।
सिटी १६ खेलमा ८ जितसहित २७ अंकसाथ लिगको पाँचौं स्थानमा छ ।
लिगकै अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि २–१ को नतिजा निकालेको छ।
जितसँगै चेल्सी ३४ अंकसाथ लिगको दोस्रो नम्बरमा छ भने ब्रेन्टफोर्ड २३ अंक साथ ११ औँ नम्बरमा छ ।
त्यस्तै टोटनह्याम हट्सपरले गोलको वर्षा गर्दै साउथह्याम्पटनलाई ५–० ले हरायो । टोटनह्यामका लागि
जितसँगै टोटनह्याम १६ खेलबाट २३ अंकसहित दशौँ स्थानमा छ । साउथह्याम्पटन पुछारमा छ ।
लिगमा १५ खेलबाट ३६ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । चेल्सी दोस्रो, आर्सनल तेस्रो र नटिंघम फरेस्ट चौथो स्थानमा छ ।