काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।