arrow

एमाले राजनीति गर्न बनेको पार्टी होइन- ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
kp-oli-9-30.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले एमाले जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी भएको उल्लेख गरे । 

उनले देशमासकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रुपमपा पुर्‍याउनका लागि एमाले बनेको बताए । नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरू गरिरहेको बताए । उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । 

उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रूप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रुपमपा पुर्‍याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान लगाउन जनाले पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ