arrow

आज म्यानचेस्टर डर्बी भिडन्त, लिभरपुलले जोगायो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
liverpool-24-12-14.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर डर्बी भिडन्त हुँदैछ । खेल राति १०ः१५ बजे सिटीको मैदानमा हुँदैछ । यो खेल जित्दा सिटी तेस्रो स्थानमा पुग्नेछ भने पराजित हुँदा म्यानयु १२ औँ स्थानमा पुग्नेछ । 

आजै ब्राइटन र क्रिस्टल प्यालेस राति ७ः४५ बजे भिड्ने छन् । 

यसअघि गएरातिका खेलमा आर्सनल र एभर्टनले गोलरहित बराबरी खेल्दा नटिंघमले एस्टन भिल्लालाई तथा इप्सविच टाउनले वुल्भ्सलाई समान २–१ ले हरायो । 

त्यस्तै न्यूकासल युनाइटेडले लेस्टर सिटीलाई ४–० ले हराउँदा लिभरपुलले फुल्हमसँग हार जोगाएको छ । 

शीर्षस्थानमा रहेको लिभरपुल फुटबल क्लबले बराबरी खेलेर अंक बाँडेको छ। शनिबार राति भएको खेलमा लिभरपुल हारबाट जोगिँदै फुलह्यामसँग २–२ गोल बराबरी खेलेको हो।

लिभरपुललाई हारबाट जोगाउन डिएगो जोटाले ८६ मिनेटमा गोल गरेका थिए। खेलको ११ मिनेटमा फुलह्यामका परिराले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

१७ मिनेटमा रातो कार्ड खाँदै रोबर्टसन बाहिरिएपछि १० खेलाडीमा सीमित भएको लिभरपुलका लागि कोडी ग्याक्पोले ४७ मिनेटमा गोल गरेका थिए।

१-१ गोलको बराबरी चलिरहेको खेलमा फुलह्यामका मुनिजले ७६ मिनेटमा गोल थपे। हारको नजिक रहेको लिभरपुलका लागि ८६ मिनेटमा जोटाले गोल गरेर जोगाएका थिए।

यो बराबरीसँगै लिभरपुलको १५ खेलमा ३६ अंक छ र लिभरपुल लिगको शीर्षस्थानमै छ। फुलह्याम १६ खेलमा २४ अंकसहित लिगको नवौं स्थानमा रहेको छ।   

चेल्सी ३१ अंकसहित दोस्रो, आर्सनल ३० अंकसहित तेस्रो तथा नटिंघम २८ अंकसहित चौथो स्थानमा छ । म्यानसिटी २७ अंकसहित पाँचौँ स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ