arrow

प्रधान सेनापति सिग्देल भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
ashokraj-sigdel-81-8-29.jpeg

काठमाडौँ  । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले इन्डियन मिलिटरी एकेडमीको कवाज कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।

गत मंसिर २६ गतेदेखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका हुन । 

 ‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले जनाएको छ ।

 यसअघि प्रधान सेनापति सिग्देललाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित विशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् । 

 प्रधान सेनापति सिग्देल आइतबार स्वदेश फर्किदै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ