पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल विजयी भएका छन् । शुक्रबार भएको मतदान र आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी राजेन्द्र अधिकारीलाई नौ मतको अन्तरले पराजित गर्दै बराल बिजयी भएका हुन् ।
बरालले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठवन्धनबाट र अधिकारीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका दिए ।
कुल २०५ मत खसेको कास्कीमा विजयी बरालले १०५, अधिकारीले ९६ मत प्राप्त गरे । बराल प्रेस चौतारी नेपाल कास्कीका पूर्वअध्यक्ष एवं महासंघ कास्कीका निवर्तमान सचिव पनि हुन् । अधिकारी महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । कास्कीका बराल र अधिकारीबीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएकोमा सोही बमोजिम नै मत परिणाम आएको छ ।
यसैगरी उपाध्यक्षमा ९० मत प्राप्त गर्दै माधव रेग्मी विजयी भएका छन् । उनका दुई प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल अथकले ३५ मत प्राप्त गरे । रेग्मी प्रेस युनियन कास्कीका पूर्व उपाध्यक्ष हुन् ।
यसैगरी महिला उपाध्यक्षमा १०१ मतका साथ कञ्चन थापा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी विनाकुमारी थापाले ८७ मत प्राप्त गरिन् ।
यस्तै सचिवमा भूपाल गुरुङ १०२ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत प्राप्त गरे ।
यस्तै सहसचिवमा मधु अधिकारी ११८ मतका साथ विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत प्राप्त गरे भने समावेशी सहसचिवमा धनबहादुर गुरुङ (सुमन) १२६ मतका साथ विजयी हुँदा दिलप्रसाद गुरुङले ७२ मत प्राप्त गरे ।
यता कोषाध्यक्षमा राजाराम पौडेल ११७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० प्राप्त गरे ।
कार्यसमिति सदस्यमा कविता घर्तीमगर १०१, सुरेश सुनार १४३, अर्जुन (सुशान्त) गाहा १५१, गौरव त्रिपाठी १४३, राजु गिरी १३२, बालकुमारी पौडेल १२९, सन्तोष सुवेदी १२८, रिखिराम जिसी ११७, तुलसीराम सुवेदी १०७, निराजन अधिकारी १०६, पुष्पराज दाहाल १०४ मतका साथ विजयी भए । साथै कार्यसमिति सदस्यमा पुनम थापा मगर र सूर्य परियार निर्विरोध निर्वाचित भएका थिए ।
यता, राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट) १२४, दिननाथ बराल ११६, कृष्णमणि बराल १०९, भरत कोईराला १०८, राजबहादुर गुरुङ १०८ मतका साथ विजयी भएका छन् ।