झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार गिरी १ सय ३१ मतका साथ विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले ४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा सुब्रत न्यौपाने १ सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याए ।
यस्तै खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसकेका थिए । महासंघको समावेशी सहसचिवमा तिलक योञ्जन १ सय ११ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे । २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा १ सय १२, सन्तोष शर्मा १ सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई १ सय १०, खुला सदस्यमा अस्मिता साँखी १ सय ४८, इशा प्रधान १ सय ३५, स्वस्तिका आचार्य १ सय ३३, विनोद पाण्डे १ सय ३३, सुदीप अधिकारी १ सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी १ सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा २ सय २० सदस्य रहेकामा २ सय ५ जनाले मतदान गरेका थिए ।
२० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।