arrow

पत्रकार महासंघको चुनावः पर्वतको नेतृत्व सापकोटालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
FNJ-Final.jpg
तस्बिर – फाइल ।

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् । 

समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव ९समावेशीमा० विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।

महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् । 

पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएका छन् । 

अध्यक्ष सापकोटा विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समितिको पर्वत प्रतिनिधिका रुपमा कार्यरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ