बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
595
Shares
काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ ।सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार) बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरू साट्न
सकिने छ।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशै भरी रहेका शोरुमहरूमा आयोजना हुने बताइएको छ। यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन्।
यसकासाथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन्।
यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ।