पुष्पा २ छ दिनमै हजार करोड क्लबमा, भारतको पहिलो चलचित्र
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
730
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भारतीय चलचित्र पुष्पा २ ले छ दिनमै हजार करोड भारतीय रुपैयाँ कमाएको छ ।
यो कीर्तिमान रच्ने पुष्पा २ पहिलो भारतीय चलचित्रसमेत बनेको छ । अल्लु अर्जुन र रश्मिका मंदानाको पुष्पा २ द रुलले बक्स अफिसमा तहल्का पिट्दा थुप्रै कीर्तिमान बनेका हुन् ।
ट्रेड एक्सपर्ट तरण आदर्शनका अनुसार पुष्पा २ ले हिन्दी भाषामा मंगलबारसम्म ३७५ करोड कमाइसकेको छ ।
पुष्पा २ ले ओपनिङ कलेक्सन २९४ करोडको गरेको थियो । भारतीय बक्स अफिसमा १७५.१ करोड थियो ।
हिन्दी भाषामा मात्रै ७२ करोड कमाएको थियो । यसले एसएस राजामौलीको आरआरआरको कीर्तिमानसमेत तोडेको थियो ।
वल्डवाइड अहिलेसम्म दंगलले २०७० करोड, बाहुबली २ ले १७८८ करोड, आरआरआरले १२३० करोड, जवानले ११६० करोड तथा पठानले १०५५ करोड कमाएको छ ।