पत्रकार महासंघको चुनावः काठमाडौँमा खाता खोल्यो युनियनले
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा आदिवासी जनजाति तर्फ नेपाल प्रेस युनियनबाट उम्मेदवार भएकी विनिता डंगोल निर्विरोध निर्वाचित भएकी छिन् । योसँगै युनियनले काठमाडौँ शाखामा खाता खोलेको छ।
युनियनका जिल्ला र प्रदेशका पदाधिकारीहरूको रोहबरमा छनोट भएका अन्य उम्मेदवारहरू पनि परिपक्व, लोकप्रिय, सहयोगी श्रमजीवी पत्रकारहरू नै भएकाले उनीहरूको पनि जित सहज बनेको नेपाल प्रेस युनियनका उपत्यका इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।
काठमाडौँ शाखामा युनियनको तर्फबाट खुल्ला उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा रमेश कुमार बोहरा, सहसचिवमा ऋषिराम बस्याल, सहसचिव (समावेशी) मा ईश्वरी (ईशा) अधिकारी, खुल्ला सदस्यमा अनिशा श्रेष्ठ, नेत्रबहादुर बस्नेत, मानकाजी तामाङ, यादव देवकोटा र महिला सदस्यमा कल्पना खड्कालाई उम्मेदवार बनाइएको छ।
यसैगरी प्रेस चौतारीको तर्फबाट अध्यक्षमा पुष्कर बस्नेत, उपाध्यक्ष ९समावेशी० सितामाया पौडेल, कोषाध्यक्ष राम कार्की, खुल्ला सदस्यमा राजु नापित, शंकर ज्ञवाली, समर रोकाया, श्रीकृष्ण ढकाल, मधेसी तर्फ सुनिल कुमार शाह र अन्यतर्फ जगदीश प्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ ।
नेपाल पत्रकार महासङ्घको केन्द्र प्रदेश र शाखाहरूको अधिवेशन शुक्रबार देशभरि हुन लागेको छ । त्यसका लागि शाखाहरूको बुधबार उम्मेदवारी दर्ता गरिएको छ भने प्रदेश तथा केन्द्रका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ।