सहरी यातायातमा नयाँ युगको शुरुआत : टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलोपटक सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
496
Shares
नेपालगञ्ज । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि.का अध्यक्ष निमबहादुर चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि.का महासचिव कृष्णप्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे ।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस टु संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि बीएस थ्री, बीएस फोर हुँदै बीएस सिक्स संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको टाटाले जनाएको छ। हालसम्म ४,००० भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा रहेको टाटाको दाबी छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का एजीएम सेल्स सीभीबीयु कृष्ण चन्दले भने, "नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस सिक्स उत्कृष्ट यातायात समाधान हो। यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ। सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ। ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं।"
कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि., कमर्सियल भेहिकल्स बिजनेस युनिट (सीभीबीयू)का प्रोडक्ट म्यानेजर (बस, प्यानल र प्यासेन्जर भ्यान) इन्द्रमणि पोखरेलले भने, "टाटा म्याजिक बीएस सिक्स बीएस सिक्सले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ। यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ। यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।"
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.,नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरकले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक बीएस सिक्स जस्ता अत्याधुनिक गाडीहरू उपलब्ध गराउँदै ग्राहकहरूको भरोसा जित्न सफल भएको छ। "सहरी यातायातमा नयाँ युगको सुरुवात – टाटा म्याजिक बीएस सिक्स ।"
कस्ता छन् त टाटा म्याजिक बीएस सिक्सका प्रमुख विशेषताहरू ? यसो भन्छ सिप्रदीः
• इन्जिन: ६९४ सीसी पेट्रोल इन्जिन
• शक्ति: ३० एचपी
• टर्क: ५५ एनएम
• गियरबक्स: ५ स्पीड गियर
• पाङ्ग्रा: १३ इन्च टायर
• सुविधाहरू: डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ईसीओ स्विच, एबीएस र सबै पाङ्ग्रामा एन्टी-रोलबार
• सुविधा: चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन