काठमाडौँ । नेपालको सबैभन्दा ठूलो साथै भारतको नम्बर वान टायल्स कजारिया टायल्सले हालै काठमाडौँमा 'एकता सम्मेलन २०२४’ सम्पन्न गरेको छ ।
१५० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाटसमेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो ।
एकता सम्मेलनको उद्धेश्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो ।
कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो ।
अर्थतन्त्रलाई मजबुत बनाउनको लागि राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकाले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्यप्रति सधै नै सजक रहेको काजरिया रमेश टायल्सले जनाएको छ।
काठमाडौँबाट शुरु भएको यो एकता सम्मेलन छिट्टै नै नेपालका कम्तीमा पनि १६ ठाउँहरुमा समेत गरिने कजारियाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथ साथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्व पूर्ण भूमिका रहन्छ ।’
काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडि नवलपरासीमा खोलिएको कम्पनी हो ।
कजारिया रमेश टायल्स नेपालको एक मात्र ठूलो सिरामिक र भिट्रिफाइड टाइल निर्माता कम्पनी हो ।
गुणस्तर र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ काजरिया रमेश टायल्स विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध रहेकोसमेत प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।