arrow

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति आयोगले थाल्यो अनुसन्धान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
tikaram-pokhrel-09-25.jpg

काठमाडौँ । सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । लामिछानेमाथि चितवनबाट कास्की राति लगिएको र दुर्व्यवहार गरिएको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएको हो । सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । 

सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नु पूर्व नै कास्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए । अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण सङ्कलन गरेर अनुसन्धान गर्ने बताए ।
 
उनले भने, ‘रवि लामिछानेलाई चितवनबाट कास्की लैजाँदा खेरी राति लगियो, दुर्व्यवहार गरियो भन्ने सन्दर्भमा मिडियाहरूले पनि प्रशस्तै समाचार लेखे । त्यसको पनि ध्यानाकर्षण भयो । सँगै हाम्रो टोलीले गएर कास्की प्रहरीसँग पनि सोधपुछ गरेका छौँ । साथै हामीले रवि लामिछानेसँग पनि जानकारी लिएका छौँ । उहाँले ममाथि मानव अधिकार उल्लङ्घन भयो, ममाथि दुर्व्यवहार भयो भन्नुभएको हुनाले उहाँको भनाइ के कति सत्य हो भन्ने सन्दर्भमा जो प्रहरीलाई भन्नुभएको छ, ममाथि दुर्व्यवहार गरियो भनेर ती प्रहरी अधिकारीलाई बेलाएर छलफल गरेको हो । आजको छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ आउनुभएको थियो । उहाँसँग जानकारी लिने काम गरेका छौँ । प्रहरी महानिरीक्षक काठमाडौँ बाहिर भएको कारणले आउन सक्नुभएन । यो अनुसन्धानलाई हामीले निरन्तर अघि बढाइरहेका छौँ । प्रमाण सङ्कलन गर्न सक्छौँ । प्रमाण सङ्कलनको सन्दर्भमा अदालतलाई भए सरहको अधिकार राष्ट्रिय मानव अधिकार आयोगलाई छ । त्यो काम हामी गर्छौँ । निरन्तर अनुसन्धान जारी छ । गम्भीर भएर हामी यो अनुसन्धानलाई अघि बढाउँछौँ ।’

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ