सहकारी ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो, मंगलबारदेखि बयान
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
2.4k
Shares
तस्बिर – फाइल ।
पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेलाई पर्साको वीरगञ्ज ल्याइएको छ । लामिछानेलाई बयानका लागि पोखरावाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएको हो ।
प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट जहाजमा सिमरा हुँदै वीरगञ्ज ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइने छ ।
उनको मंगलबारदेखि बयान शुरु हुने जनाइएको छ ।
रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् ।